कर्णाली प्रदेशबाट दुबै राष्ट्रियसभा सदस्य नेकपाबाट विजयी

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १८ : ५१
कर्णाली प्रदेशबाट दुबै राष्ट्रियसभा सदस्य नेकपाबाट विजयी

काठमाडौं । राष्ट्रियसभामा नेकपाले कर्णाली प्रदेशका दुबै सिटमा विजयी हासिल गरेको छ। 

बिहीबार भएको मतगणनामा अन्य समूहबाट नेकपाका मायाप्रसाद शर्मा ३ हजार ६१८ मतभारका साथ विजयी भएका छन् । यस्तै कांग्रेसका उम्मेदवार डिल्लीराम पाठकले एक हजार २६ मतभार प्राप्त गरेर पराजित भए । 

यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी तीन हजार ६८४ मतका साथ विजयी हुँदा कांग्रेसकी गणेशकुमारी बस्नेतले एक हजार २६ ल्याएर पराजित बनिन् ।

प्रतिक्रिया दिनुहोस