रजत जयन्ती मनाउँदै ग्रिनल्याण्ड स्कुल

सफल खबर संवाददाता

विहीबार, ०९ माघ २०७६, १८ : २६
रजत जयन्ती मनाउँदै ग्रिनल्याण्ड स्कुल

चितवन । भरतपुर १२ मा रहेको ग्रिनल्याण्ड पब्लिक स्कुलले रजत जयन्ती मनाउने भएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले भरतपुरमा पत्रकार सम्मेलन गरी रजत जयन्तीका अवसरका विभिन्न कार्यक्रम गर्ने जनाएको हो । 

विद्यालयले रजत जयन्ती मनाउन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । रजत महोत्सवलाई भब्यताका साथ सम्पन्न गर्न २० वटा उपसमिति गठन गरी कामहरु अगाडि बढाइएको विद्यालयकी प्रधानाध्यापक ईन्दिरा कार्कीले बताउनु भयो ।

रजत महोत्सव अन्तर्गत विद्यालय फुटसल प्रतियोगिता, जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ, विज्ञान प्रदर्शनी भूतपुर्व विद्यार्थी पुनर्मिलन समारोह, गौतम बुद्ध क्रिकेट रंगशालालाई सहयोग हस्तान्तरण, साँस्कृतिक कार्यक्रम, सरस्वतीको मूर्ती अनावरण, स्मारिका प्रकाशन, स्कुल गीत विमोचन लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी रहेको प्रधानाध्यापक कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस