रियल म्याड्रिड र बार्सिलोना स्पेनिस कोपा डेल अन्तिम १६ मा

एजेन्सी

विहीबार, ०९ माघ २०७६, ०८ : ५८
रियल म्याड्रिड र बार्सिलोना स्पेनिस कोपा डेल  अन्तिम १६ मा

file photo

(एजेन्सी) । फ्रेन्च स्टार एन्टोइन ग्रीजम्यानले दुई गोल गरेपछि बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजन क्लब युडी इविजालाई २–१ गोलले हरायो ।

बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलमा सुरुवाती अग्रता युडी इविजाले लिएको थियो । पहिलो हाफमा पछि परेको बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७२औं मिनेटमा ग्रीजम्यानले फ्रान्क डि जोङको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयमा ग्रीजम्यानले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का बनाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । बार्सिलोनाले यस खेलमा युवा खेलाडीलाई मौका दिएको थियो । टोलीका प्रभावकाशी खेलाडी लियोनल मेस्सी लगातलाई आरम दिएको बार्सिलोनालाई ग्रीजम्यानले सम्मालेका थिए ।

अर्को खेलमा रियलल म्याड्रि«डले युनियनस्टास डे सालामान्कालाई ३–१ गोलले हराउँदै अन्तिम १६ मा स्थान बनायो । रियलको जितमा ग्यारेथ बेलले १३औं, ब्राहिम डियाजले ९०औं मिनेटमा गोल गरेका थिए । रियलले अर्को एक गोल उपहार पाएको थियो । युनियनस्टास अल्भारो रोमेरोले ५७औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

अन्य खेलमा सेभिल्लाले लिभान्टेलाई ३–१ गोलले हरायो । सेभिल्लाको जितमा फर्नान्डो, लुकास आकाम्पस र ओलिभर टोरेसले गोल गरे । लिभान्त्ेका ओस्कारले सान्त्वना  गोल फर्काए । एथ्लेटिको विल्वाओले इलचेलाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै अर्को चरणमा स्थान बनायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस