एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार गर्दै

सफल खबर संवाददाता

बुधबार, ०८ माघ २०७६, १६ : ४७
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार गर्दै

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ग्राण्ड अष्ट्रेलियन एजुकेशन सेमिनार (शैक्षिक मेला) आयोजन गर्ने भएको छ ।

यही माघ ९ गते बिहिबारका दिन चितवनको भरतपुर गार्डेन रिसोर्टमा सेमिनारको आयोजन गर्न लागिएको एक्सपर्टका निर्देशक  डिल्लीराम अधिकरीले जानकारी दिए । अष्ट्रेलियन शैक्षिक प्रणालीको बारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी दिने उद्देश्यले यस मेलाको आयोजन गर्न लागिएको उनले बताए ।

निर्देशक अधिकारीका अनुसार मेलामा अष्ट्रेलियाका आठवटा विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिहरु सहभागी हुँदैछन् । मेलामा अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई त्यहाँको शैक्षिक प्रणालीको बारेमा जानकारी दिनेछन् । सबैलाई निःशुल्क गरिएको यस मेलामा विद्यार्थीहरुले छात्रवृत्तिका अवसरहरु पनि प्राप्त गर्नेछन । विश्वविद्यालयहरुका विज्ञहरु नै स्टलमा बस्ने भएकोले अन्य शैक्षिक मेलाहरु भन्दा एक्सपर्टको शैक्षिक मेला फरक हुने अधिकारीको दाबी छ । एक्सपर्टले हरेक वर्ष चितवनमा तीन वटा शैक्षिक मेला गर्दै आइरहेको छ । 

अष्ट्रेलियामा मूख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको विश्वका विभिन्न देशमा गरी ४५ वटा शाखा र अन्य थुप्रै सम्पर्क कार्यालय रहेका छन् । यसले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श दिंदै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस