४४४ केजीका पाकिस्तानी वेटलिफ्टर पत्नीको खोजीमा, तर किन गरे तीन सय युवतीको प्रस्ताव अस्वीकार ?

एजेन्सी

बुधबार, ०८ माघ २०७६, १५ : १५
४४४ केजीका पाकिस्तानी वेटलिफ्टर पत्नीको खोजीमा, तर किन गरे तीन सय युवतीको प्रस्ताव अस्वीकार ?

एजेन्सी । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । 

४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् । 

खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयातले आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन् । 

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।

परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । हयातको उचाई ६ फिट ६ इन्च छ । 

यस अतिरिक्त, युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ । हयातले दैनिक हजार क्यालोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा खान्छन् ।

स्रोत

https://www.bhaskar.com/interesting/news/27-year-old-man-weighs-444-kg-300-relationship-rejected-in-want-of-wife-of-less-than-100-kg-n-pakistan-126571150.html?ref=hf&fbclid=IwAR1Am7K2BhU0M7PzBO60RZpx1p40QsMzigVqGl3pt8v2dvMaqG4JfdsUW7c

प्रतिक्रिया दिनुहोस