प्रचण्डको चितवनमा प्रतिवद्धता

भरतपुर वडा नंं. ६ का लागि प्रचण्डको ७ प्रतिवद्धता : कालोपत्रे देखि बिसहजार तालको स्तरोन्तीसम्म

शुक्रबार, ०१ मंसिर २०७४, १७ : ४५
भरतपुर वडा नंं. ६ का लागि प्रचण्डको ७ प्रतिवद्धता : कालोपत्रे देखि बिसहजार तालको स्तरोन्तीसम्म


भरतपुर । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर वडा नं. ६ का लागि प्रतिवद्धता उद्घोष गर्नु भएको छ । बाल्यकाल अवस्थामा भरतपुर ६ गितानगर कै बाटो भएरै वरण्डाभार क्षेत्रबाट आफुले गोरु गाडा मार्फत दाउरा लाने गरेको खुलसा गर्नुभयो । 

 

यहाँको मलाई कुना–कप्चेरा थाहा छ मैले यस ठाउँको कसरी विकास गर्नुपर्छ भनेर बुझेको छु । यस क्षेत्रको स्थानियको बारेमा पनि आफु जानकार रहेको बताउनुभयो । अहिले चुनाव आयो भनेर मैले यस्तो काम गर्छु उस्तो गर्छु भनेको होईन । मेरो जिवनको बाँकी समय नै विकास गर्छु भनेरै म लागिपरेको छु । अब राजनीतिक एजेण्डा लिएर म आएको छैन ,सबै बिकासको योजना र नारा मात्र लिएर तपाई भएको ठाउ आएको हुँ

 


गितानगरका लागि प्रचण्डका ७ प्रतिवद्धता यस्ता रहेका छन् ।
१) मुख्य सडक खण्डमा कालो पत्र गर्ने
चितवन क्षेत्र नं. ३ का बाम गठबन्धका साझा उम्मेदार पुष्पकमल दाहालले बाम सरकार बन्न साथ सबै भन्दा पहिले चितवनको मुख्य सडकको स्तरोन्नती तथा कालो पत्रो गर्ने कार्यलाई प्रथामिकतामा राख्नुभएको छ । उहाँले चुनाव प्रचार प्रसारको लागि घरदलो जाने क्रममा सडकको अवस्था जिर्ण पाएकाले सबै भन्दा पहिला मुख्य सडकलाई पिच गरी हाल्नु पर्ने देखिएको बताउनुभयो ।

२) माडी ठोरी हुलाकी सडकलाई व्यावस्थित ढङगबाट विस्तार गर्ने
माडी ठोरी हुलाकी सडकलाई फाराकिलो पारि भारतलाई जोड्ने बिषयलाई पनि प्रथामिकतामा राख्नुभएको छ । उहाँले हुलाकी सडक खण्ड विस्तार गर्ने क्रममा केहि भवन संचनाहरुलाई हटाउनै पर्ने भए उचित मुअब्जा प्रदान गरेर मात्र सो कार्यलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

३) स्थानिय स्वास्थय चौकी निर्माण गर्ने
स्थानियको स्वास्थयलाई मध्यनजर राख्दै स्थानिय स्वास्थ्य चौकी निमार्ण गरिने छ । २४ घण्टा आकस्मिक सेवा सहितको सुविधा सम्पन्न अस्पताल निमार्ण गर्ने कार्यलाई अगाडी बढाईने उल्लेख गर्नुभयो ।

४) रेडक्रस भवन निमार्ण गर्ने तथा स्थानिय क्याम्पसको स्तरउन्नती गर्ने
रेडक्रस भवन निमार्ण गरी विद्यार्थीहरुको लागि शौक्षिक कार्यक्रम संचालन गर्न मिल्ने गरी हल कोठा निमार्ण गर्ने रहेको छ । हलमा १ हजार विद्यार्थी अट्ने क्षमताको हुनेछ । यस कार्यलाई पनि विषेश प्रथामिकतामा राखेको बताउनुभयो ।

५) औद्योगिक क्षेत्र निमार्ण मार्फत युवाहरुलाई  रोजगारी प्रदान
चितवनलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने गरी गितानगरमा दुग्धजन्य उद्योगको विकास गरी स्थानियलाई रोजगारीको अवसर प्रदान गर्ने रहेको छ । त्यही स्थानमा दुग्धजन्य पदार्थको एक्सपो सेन्टर बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक भित्रयाउने मिल्ने गरी निमार्ण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

६) बिस हजार ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने
बिस हजार ताल क्षेत्रलाई पिकनिक स्पोर्टस , चिडियाघर तथा पार्ककै रुपमा विकास गर्ने गरी त्यसको विकास गर्ने रहेको छ । विभिन्न प्रकारका जिवजन्तुको बारेमा अध्ययन गर्न मिल्ने गरी सुचना केन्द« निर्माण गर्ने रहेको छ । त्यस मार्फत धेरै भन्दा धेरै पर्यटक भित्र्याउने र स्थानियलाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस