सार्वजनिक सवारीमा ट्राफिक प्रहरीको कडा निगरानी

सुधार गर्न चालकलाई लिखितपत्र

सफल खबर संवाददाता

आइतबार, ०५ माघ २०७६, ०९ : ४१
सार्वजनिक सवारीमा ट्राफिक प्रहरीको कडा निगरानी

काठमाडौँ । उपत्यकामा ट्राफिक प्रहरी सार्वजनिक सवारी व्यवस्थापनमा आक्रामक भएर लागेको छ । सर्वसाधारणले सार्वजनिक सवारी प्रति ठुलै गुनासो गर्न थालेपछि ट्राफिक व्यवस्थापन चुस्त पार्न प्रहरीले निगरानी बढाएको हो ।  यात्रुहरुले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल नै फोन गरेर गुनासो गर्न थालेपछि सार्वजनिक सवारी व्यवस्थापनमा ट्राफिक प्रहरी तातेको छ ।  

यसरी आउने गुनासो सबै प्रकृतिका गरेर दिनमै झण्डै २ हजार हुने गरेको ढकालकै भनाइ छ । गुनासो यत्रतत्र भएपछि उनी आफैँ अनुगमन गरेर अबस्था बुझे । अनि एउटा अनुगमन समिति बनाएर काम थाले । १९ बुँदे प्रतिबद्धताको निर्णय गराई यातायात व्यवसायीहरुलाई समेत सहभागि गराई समिति निर्मााण गरिएको छ । त्यो समिति अहिले उपत्यकामा दैनिकजसो निगरानमिा खटिँदै आएको छ । 

तोकिएको भाडा दर मात्र लिने, ढोका खुला गरी नचलाउने, आरक्षण सिटको पालना गर्ने , झ्यालको अबस्था ठिक राख्ने, सिटको अबस्था ठिक राख्ने, गाडीको रंगरोगन दरुुस्त राख्ने, क्षमता भन्दा बढी यात्रु नबोक्ने, चालक र सहचालकले यात्रहुरुलाई राम्रो व्यबहार गर्ने, गाडी तीव्र गति तथा लापरवाहीका साथ नचलाउने, चालकले यात्रसुुँग अनाश्यक गफ नगर्ने, चालकले मोबाइल फोन प्रयोग नगर्ने, गाडी नियमित सरसफाई गर्ने, अरूलाई बाधा पग्ुनेगरी ठूलो आवाजमा म्यूजिक नबजाउने, सवारी साधनमा स्टिकर र झल्लर नलगाउने, सवारी साधनको अबस्था ठिक राखेर चलाउने, चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने, तोकिएको स्थानमा मात्र यात्रु झार्ने चढाउने, प्रयोजन विपरित गाडी प्रयोग नगर्ने, चालक र सहचालक भद्र तथा सोभनिय हुनपुर्ने लगायतका बुँदा समावेश गरी अहिले सार्वजनिक सवारीको अनुगमन भइरहेको छ ।

पछिल्लो एक हप्तामा मात्रै २ हजार सवारीमा पुगेर  प्रतिबद्धता पत्र वितरण गरिएको छ । एक हप्ता पछि यो कार्यान्वयन नगरे कारवाही हुने महाशाखाले जनाएको छ । त्यसका लागि महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा टोली खटिएको छ ।

एक महिनाको अवधीमा उज्यालो कार्यक्रम मार्फत ५५ हजार बढीलाई कारवाही चलाएको ट्राफिक प्रहरीले जथाभावी जेब्रा क्रस गर्ने यात्रुलाई समेत कक्षा लिन थालेको छ । मुख्यगरी उपत्यकाको सडक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि यसो गरिएको महाशाखाले जनाएको छ ।

सवारी चालककै लापरबाहीले बढी दुर्घटना हुने गरेको तथ्यांक प्रहरीसँग छ । त्यसैलाई न्युनिकरण गर्न अहिले विभिन्न अभियान नै चलाइएको महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस