आज कर दिवस : सिद्धार्थ राणा बने सबैभन्दा धेरै कर तिर्ने व्यक्ति

शुक्रबार, ०१ मंसिर २०७४, १६ : २६
आज कर दिवस : सिद्धार्थ राणा बने सबैभन्दा धेरै कर तिर्ने व्यक्ति

काठमाडौं । व्यवसायी सिद्धार्थ शमशेर राणा सबैभन्दा बढि व्यक्तिगत आय कर तिर्ने करदाता बनेका छन् । छैठौं राष्ट्रिय कर दिवस कार्यक्रममा राणालाई सरकारले सबैभन्दा बढि व्यक्तिगत कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा मुख्य सचिव लोकर्दशन रेग्मीले राणालाई व्यक्तिगत आयकर तिर्ने करदातको रुपमा सम्मान गरेका हुन् । उनले लगातार तीन पटक व्यक्तिगत रुपमा सरकारलाई सबैभन्दा बढि आयकर तिरेका छन् ।

सिप्रदी ट्रेडिङका संचालक समेत रहेका भएका राणा सफल व्यवसायी हुन् । व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने कम्पनीको सम्मान पनि राणाको सिप्रदी ट्रेडिङ लाई नै दिइएको छ ।

त्यसैगरी सबैभन्दा बढि मूल्य अभिवृद्धिकर तिर्ने कम्पनीको सम्मान भने पवनकुमार इन्टरनेशनललाई दिइएको छ । यो वर्ष सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । निर्याततर्फ सबै भन्दा बढि कर भर्सन्ड टेक्नोलोजीले तिरेको छ । त्यसैगरी कृषि तथा पशुपंक्षीतर्फ उत्कृष्ट आयकर दाताको सम्मान राष्ट्रिय विउविजन प्रालिले पाएको छ । सरकारले हिमालय बैंंकलाई पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मान गरेको छ ।

विमातर्फ नेपाल पुनर्विमा कम्पनी, सहकारीतर्फ राष्ट्रिय सहकारी बैंकलाई उत्कृष्ट आयकरदाताको रुपमा सम्मान गरिएको छ । त्यसैगरी सरकारले सूचना प्रविधिमा वल्र्ड लिंकलाई उत्कृष्ट करदाताको सम्मान दिएको छ । पर्यटनतर्फ टाईगर टप्स प्रालिले सबैभन्दा बढि आयकर तिरेको छ ।

प्रतिक्रिया दिनुहोस