ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर' माघ ५ गते हुने

सफल खबर संवाददाता

विहीबार, ०२ माघ २०७६, १९ : २४
ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर' माघ ५ गते हुने

चितवन । शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर २०२०’ यही माघ ५ ‐१९ जनवरी) गते हुने भएको छ ।
लामो समयदेखी उच्च शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक नेपाली विद्यार्थीहरुलाई परामर्श दिदै आईरहेको संस्थाले आयोजना गर्न लागेको फेयरमा फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित ९ वटा युनिभर्सिटी र २ वटा कलेजका प्रतिनिधिहरुको सहभागीता रहने ग्लोबल रिचका क्षेत्रीय प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सपना बनाएका विद्यार्थीहरुलाई यथार्थ परामार्श दिनका लागि फेयर आयोजना गरिएको पौडेलले बताए । फेयरमा उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले सिधै युनिभर्सिटी तथा कलेजका प्रतिनिधीहरुसँग परामर्श लिन सक्ने उनले बताए । फेयरमा विद्यार्थीहरुले बिभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरु सँग वान टु वान परामर्श लिन सक्नेछन् ।

फेयरमा विद्यार्थीहरुले युनिभर्सिटी तथा कलेज सँगै त्यहा पढाई हुने बिषय, छात्रवृत्ती, अष्ट्रेलियन रहनसहन लगायतको बिषयमा सजिलै बुझ्न सकिने र परामर्श लिने विद्यार्थीहरुलाई कलेज तथा युनिभर्सिटी छनोट गर्न पनि सजिलो हुने उनको भनाई छ । पौडेलले भने, ‘हाम्रो फेयरमा अष्ट्रेलियाका प्रमुख ११ युनिभर्सिटी तथा कलेजहरु सहभागी हुने छन , विद्यार्थीहरुले सबैमा गएर बुझ्न सक्नु हुनेछ । यसले विद्यार्थीहरुलाई युनिभर्सिटी तथा कलेज छनोट गर्न पनि सजिलो हुनेछ ।’

अस्ट्रेलियाको ‘डिपार्टमेन्ट अफ होम अफेयर्स’ ले नेपाललाई लेभल–३ एसेसमेन्ट लेभलमा राखेपछीको प्रकृयाहरुको बिषयमा परामर्श लिनका लागि फेयर निकै महत्वपूर्ण हुने उनको भनाई छ । अष्ट्रेलिया बाहेक अमेरिका र क्यानडा जस्ता देशमा जान चाहने विद्यार्थीहरुले पनि फेयरबाट लाभ लिन सक्ने उनले बताए । 

यस्तै फेयरमा बिभिन्न ३ वटा बैंकहरुले पनि स्टल राख्ने पौडेलले जानकारी दिए । नबिल बैंक, एसबीआई बैंक र सिदार्थ बैंकको स्टलबाट विद्यार्थीहरुले बैंकिक प्रकृया बारे परामर्श लिन सक्नेछन् ।
फेयरमा सहभागी विद्यार्थीहरुलाई लक्की ड्र मार्फत आइएलटिएस र टोफेलमा छुट दिईने पौडेलले बताए । यस्तै उपस्थित सम्पूर्ण विद्यार्थीहरुलाई आकर्षक पुरस्कार दिईने पनि उनले जानकारी दिए । भरतपुर गार्डेन रिसोर्टमा हुने फेयर बिहान १० बजे देखी अपरान्ह ४ बजे सम्म चल्नेछ । अष्ट्रेलिया जानु अघी आवश्यक सबै बिषयमा जानकारी लिए पछी ठगिन दुख पाउनबाट बच्न सकिने भएकोले सहभागी भई परामर्श लिन पौडेलले सबै विद्यार्थीहरुलाई आग्रह गरे ।  

प्रतिक्रिया दिनुहोस