रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ

सफल खबर संवाददाता

आइतबार, २७ पुस २०७६, १५ : ४७
रङ्गशाला बनाउन धुर्मुस–सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदान विशेषज्ञ

File photo

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । पुस २७ गते फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुराबीच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागि विशेषज्ञ बोलाएको यो पहिलो पटक हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको ब्यक्तिसंग जोडिन पाएकोमा खुसी भएको बताउँछन् । उनका अनुसार ४ महिनामा प्याराफिटबिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधिपछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिनेछन् । 

वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् । उनी झण्डै ८ बर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाईरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाका लागि पहिलो ओ.डि.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जित दिलाएका थिए ।

उनले आफ्नो करियरमा १९७९ को विश्व कपमा भारत बिरुद्धको खेलमा १८ रन र १ विकेट लिँदै खेल श्रीलंकाको पक्षमा जिताएका थिए । जुन श्रीलंकाका लागि पहिलो जित थियो र उनको करियरमा यो खेलले इट्टा थप्ने काम मात्र गरेन् यो एक एसोसिएट सदस्य राष्ट्र द्धारा श्रृलंकाका लागी एक मात्र जित थियो, जसमा उनको नाम दर्ज छ । उनि श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (ए.सि.सि.) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए । २०१६ मा ‘युथ वीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमा समेत उनले काम गरिसकेका छन् । हाल उनि आईसिसि अन्तर्गत को एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् । 

वार्नपुरालाई रङ्गशाला निर्माण अवधिभरका लागि सम्झौता गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस