पृथ्वी जयन्तीमा गोरखाका चार स्थानीय तहमा बिदा

रासस

शनिबार, २६ पुस २०७६, ०९ : ३५
पृथ्वी जयन्तीमा गोरखाका चार स्थानीय तहमा बिदा

गोरखा । पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले  सार्वजनिक बिदा दिने भएका छन् । 

चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् । आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्पmबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस