६१- ३९ मा बल्ल मिल्यो एमाले(माओवादी हिसाब

बुधबार, १५ कार्तिक २०७४, ०६ : ५४
६१- ३९ मा बल्ल मिल्यो एमाले(माओवादी हिसाब


एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका छन् ।

नेताहरूका अनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै प्रदेशसभामा एमालेको भागमा १९६ र माओवादीको भागमा १३० सिट परेको खबर रातोपाटीका लागि आजको अन्नपूर्ण पोस्टबाट लिएका हौं । छ ।

गठबन्धनमा आएका केही दललाई दिने स्थानको टुंगो लाग्न बाँकी रहेकाले दुई दलको भागमा परेका केही क्षेत्रमा तलमाथि हुनसक्ने नेताहरूले बताएका छन् । ‘एमालेको भागमा मोटामोटी ६१ प्रतिशत र माओवादीको भागमा ३९ प्रतिशत जति परेको छ,’ एमाले स्थायी समिति सदस्य केशव बडालले भने, ‘संख्यामा थोरै तलमाथि हुन पनि सक्छ ।’

एमाले र माओवादी केन्द्रबीच गठबन्धनमा आउने अन्य दललाई दिएर बाँकी स्थानमा ६० र ४० प्रतिशत उम्मेदवार उठाउने सहमति भएको थियो । मधेसकेन्द्रित दलका हृदयेश त्रिपाठी, वृजेश गुप्तालगायत नेता, भक्तपुर १ मा नेमकिपा, प्युठानमा जनमोर्चा र अन्य केही क्षेत्रमा स्वतन्त्रलाई पनि छोड्नुपर्ने भएकाले एमाले र माओवादी केन्द्रले पाएको भागबण्डामा थोरै तलमाथि हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस