विमानस्थल पुर्‍याइयो १२२ चिनिया नागरिक : चार वर्ष नेपाल आउन नपाउने

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०७६, १७ : ४८
विमानस्थल पुर्‍याइयो १२२ चिनिया नागरिक : चार वर्ष नेपाल आउन नपाउने

काठमाडौँ । सरकरले पर्यटन भिसामा आएर अबैध काम गरेको ठहर गर्दै निस्कासन गर्ने निर्णय गरेको १२२ चिनिया नागरिकलाई स्वदेश फिर्ताका लागि आज अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्‍याइएको छ । 

उनीहरुलाई आज साँझ चाईनाबाट आउने दुई वटा विमानमा राखेर स्वदेश फर्काउने कार्यतालिका अनुसार विमानस्थल लगिएको हो ।

विभागका निर्देशक तथा सूचना अधिकारी रामचन्द्र अधिकारीले उनीहरु अबैध क्रियाकलापमा लागेको पाइएकाले निष्कासन गरिएको बताए । 

अब चार वर्ष उनीहरुलाई नेपाल आउन नपाउने गरी निष्कासनको निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ । गत पुस ७ गते उनीहरुलाई काठमडाौँको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट सयौं मोवाईल तथा सञ्चार उपकरण बरामद भएको थियो ।

उनीहरुले नेपालमा बसेर नेपाललाई नै हानी नगरे पनि चीनबिरुद्ध अबैध गतिविधि गरेका थिए । त्यसैले उनीहरुलाई नेपालमा अभद्र व्यवहारमा न्यून जरिवाना (प्रति व्यक्ति एक हजार) र अध्यागमन विभागले भिसा भएकालाई एक हजार तथा नभएकालाई दुई हजार रुपैयाँ जरिवाना तिराएको छ ।

सबै जरिवाना चिनिया दुताबासले तिरेको छ । भने उनीहरुको भिसा समेत रद्ध गरिएको छ । आज राती ४२ जनाको एउटा टोली र ८० जनाको अर्काे टोली बनाएर दुई विमानमार्फत स्वदेश फर्काउने जनाईएको छ । उनीहरु सात बजे चीन फिर्ता हुने छन् । 

सरकराले चीनका नागरिकका लागि निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेको छ । जसअनुसार उनीहरु पाँच महिना नेपाल बस्न पाउँछन् ।
 
उनीहरुले त्यही भिसाको दुरुपयोग गरेका हुन् । पर्यटक भिषामा आएकाले कुनै संगठित काम गर्न पाउँदैनन् । तर उनीहरुले विभिन्न घर भाडामा लिएर प्रविधिको प्रयोग गरी स्वदेशमा अबैध गतिविधि चलाएका पाइएको छ ।

प्रतिक्रिया दिनुहोस