दक्षिण कोरिया अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण, पढ्दै कमाउँदै

उर्गेन तामाङ

बुधबार, २३ पुस २०७६, १६ : ५२
दक्षिण कोरिया अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण, पढ्दै कमाउँदै

चितवन । नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने क्रम बढिरहेको छ । अष्ट्रेलिया, जापान लगायत विभिन्न मुलुकमा हरेक वर्ष हजारौँ नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने गरेको विभिन्न तथ्याङ्कले दखाउने गरेको छ । पछिल्ला केहि वर्षयता दक्षिण कोरिया पनि नेपाली विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । 

केहि दशकमै प्रविधि र विकासमा फड्को मारेर विश्वमा उदाहरण बन्न सफल दक्षिण कोरियामा लाखौँ नेपालीहरु पनि रोजगारीका लागि गएका छन् । रोजगारीका लागि दक्षिण कोरिया एउटा मुख्य गन्तव्य बनिरहेको अवस्थामा विद्यार्थीहरुको पनि आकर्षण बढिरहेको छ । अध्ययनसँगै काम गरेर राम्रो कमाई हुने भएपछि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको पाइएको छ । 

भरतपुर महानगरपालिका ७ का रमेश  क्षेत्री अध्ययनका लागि कोरिया गएको साढे २ वर्ष भयो । भरतपुरकै अरोमा कलेजमा प्लस टु साईन्स पढेर कोरिया गएका उनले अहिले अध्ययनसँगै राम्रै कमाई पनि गरिरहेको उनका परिवारको भनाइ छ । रमेश  प्लस टु सकिनासाथ अष्टे«लिया अध्ययनका लागि आइएलटीएस पढिरहेका थिए । सोहिक्रममा दक्षिण कोरियामा पनि अध्ययनका लागि राम्रो हुने थाहा पाएपछि उनको सोच बदलियो । अनि दक्षिण कोरियामा अध्ययनका लागि विद्यार्थी पठाउँदै आएको भरतपुरमा सिएमसी अगाडि रहेको गोल्डेन एमिनेन्टमार्फत प्रक्रिया सुरु गरे । डकुमेण्ट बुझाएको ४० दिनमा भिसा आएको रमेशका दाजु प्रकाश क्षेत्रीले बताए । 

अहिले रमेशले अध्ययनपछि बचेको समयमा काम गरेर राम्रो कमाई पनि गरिरहेको प्रकाशको भनाई छ । उनले भने ‘भाईले पढ्दै राम्रो कामाईरहेको छ, आफुले कति काम गर्ने भन्ने त्यसमा भर पर्ने रहेछ, घरमा पनि पठाउँदै छ ।’ सुरुमा त उनीहरुलाई के होला, कसो होला, फँसिने हो कि ? भन्ने चिन्ताले पिरोलेको थियो । उनीहरु काठमाण्डौ र चितवनका विभिन्न कन्सल्टेन्सीमा पुगेर परामर्श पनि गरे । अन्त्यमा गोल्डेन इमिनेन्टबाट प्रक्रिया सुरु गरेपछि सफल भएको प्रकाशको भनाई छ । 

प्लस टु साईन्समा ६१ प्रतिशत ल्याएका रमेशले आइइएलटीएसमा भने ५ दशमलव ५ मात्रै ल्याए । पहिलो वर्ष नै ५० प्रतिशत स्कलरसीप र दोस्रो वर्ष शतप्रतिशत स्कलरसीप पाएका सुरजले दक्षिण कोरियामा आइटी अध्ययन गरिरहेका छन् । कोरियाबाट लिएको डिग्रीले जुनसुकै देशमा सहजै काम गर्न पाईने तथा नेपालमा आएर पनि आफैले प्रयोगमा ल्याउन सक्ने सम्भावना रहेका कारण भाईलाई कोरिया पढ्न पठाईएको उनको भनाई छ । 

दक्षिण कोरियामा अध्ययनका लागि उनीहरुले वर्षको ५ हजार डलर (युएसडी), बस्न १५ सय डलर र खानाका लागि आफैले खर्च गरेका छन् । अध्ययनका लागि कोरिया जानुअघि २० लाखको आम्दानी बैंक एकाउण्टमा देखाईएको र अचल सम्पत्तिका रुपमा १ करोडको भ्यालुएसन देखाउनु परेको उनको भनाई छ । रमेशले भाषाका लागि कुनै पनि औपचारिक कक्षा लिएनन् । आफैले बुक लिएर घरमै पढेका थिए । ‘भाषा पढेर जाँदा अध्ययन र काम गर्न थप सजिलो हुनेरहेछ’ प्रकाशले भने, ‘पढेरै गएको भए अझ राम्रो हुनेरहेछ ।’

गोल्डेन इमिनेन्टमार्फत रमेशमात्रै होइन, अन्य सयौँ विद्यार्थीहरु पनि दक्षिण कोरिया गईसकेका छन् । भरतपुर १० का सौगात सिग्देल, भरतपुर ४ का रसिक न्यौपाने, भरतपुर मेघौलीका विशाल सुवेदी, झापाका सक्सेस लम्साल, भरतपुर जगतपुरका निरुता गुरुङ लगायत सयौँ विद्यार्थीहरु अध्ययनका लागि कोरिया गएको कन्सल्टेन्सीले जनाएको छ । 

कोरियामा ४ वर्षको अध्ययन सकिएपछि २ वर्ष सम्बन्धित युनिभर्सीटीले नै रोजगारी दिने गरेको गोल्डेन इमिनेन्टका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक कुलदिप रिजालले बताए । अध्ययनपछि भिसा परिवर्तन गरी परिवार पनि लान पाउने सिस्टम रहेको उनको भनाई छ । 

अन्य युरोपियन मुलुकको तुलनामा दक्षिण कोरियामा अध्ययन गर्न सस्तो रहेको र कमाई पनि राम्रो हुने भएकाले विद्यार्थीहरुको आकर्षण बढेको इमिनेन्टका म्यानेजर सम्झना क्षेत्रीको भनाई छ । विगत ७ वर्षदेखि दक्षिण कोरियामा नेपाली विद्यार्थी पठाउँदै आएकोमा पछिल्लो समय थप आकर्षण बढेको अफिसर दुर्गा कोइरालाले बताए । कन्सल्टेन्सीबाट हरेक वर्ष ४० जना विद्यार्थी अध्ययनका लागि कोरिया जाने गरेको जनाइएको छ ।