काठमाडौं । नेपाल सरकारले पहिलो पटक सुरु गरेको सगरमाथा मापनको स्थलगत काम सम्पन्न भएको छ । सम्पूर्ण तथ्याङ्क प्रशोधन गर्न भने अझै तीन महिना लाग्नसक्ने अनुमान छ । सन् २०१९ को डिसेम्बरसम्म सगरमाथाको उचाइ नै सार्वजनिक गर्ने योजनाका साथ नापी विभागले काम सुरु गरेको थियो । गत असारसम्म फिल्डको काम सक्ने तालिका रहेकोमा पुस पहिलो हप्ता मात्र फिल्डको काम सकिएको हो ।
दुई वर्षअघि बङ्गालको समुद्री सतहको बिन्दुलाई आधार मानेर सगरमाथा मापनको काम सुरु गरिएको थियो । धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुर, सिन्धुली, भोजपुर, खोटाङ, रामेछाप, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र दोलखा जिल्लामा मापनको काम गरिएको हो ।
नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले वर्षाका कारण नियमित काम गर्न नपाउँदा समयमा काम सम्पन्न गर्न नसकेको बताए । उनले भने, “मौसम प्रतिकूल हुँदा दुई पटक काम अवरुद्ध भयो ।” तथ्याङ्क सङ्कलन भएको कम्तीमा छ महिनाभित्र प्रशोधनको काम सकिने अनुमान गरिएको थियो । उनले सुरुदेखि तथ्याङ्क सङ्कलन र प्रशोधनको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै चाँडै काम सक्ने बताए।
ग्य्राभिटी सर्भे र ट्रिगोनोमेटिक लेभलिङ विधिबाट सगरमाथा मापन गरिएको हो । हिमाली क्षेत्रमा अनुकूल मौसममा मात्र काम गर्नुपर्छ । ट्रिगोनोमेटिक लेभलिङ विधिले सगरमाथा क्षेत्रका १२ बिन्दुबाट चुचुरोसम्म पुगी मापन गरिएको थियो ।
जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगी नापी विभागको टोलीले यसको मापन गरेको थियो । चुचुरोमा एक घण्टा १६ मिनेट मेसिन राखी मापन गरिएको थियो । मापन गर्न जीएनएसएस रिसिभर र जीपीआर मेसिन लगिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ पुस २०७६, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र