के पाँच हजार अमेरिकी सेनाले इराक छाड्दै छन् ?

एजेन्सी

मंगलबार, २२ पुस २०७६, १४ : ०१
के पाँच हजार अमेरिकी सेनाले इराक छाड्दै छन् ?

काठमाडौं । आईएस विरुद्ध लड्न सन् २०१४ मा ‘कम्बाइन्ड जोइन्ट टास्क फोर्स–अपरेसन इनहेरेन्ट रिजोल्भ’ गठन गरिएको थियो । त्यस अन्तर्गत ५ हजार अमेरिकी फौज इराकमा बसिरहेका छन् । यतिबेला अमेरिकी सेनाले इराक छाड्न लागेको भन्ने हल्ला चल्न थालेको छ ।

अमेरिकी डिफेन्स सेक्रेटरी (रक्षा मन्त्रीको भूमिका निभाउने) मार्क एस्परले अमेरिकी फौज इराकबाट बाहिरिन लागेको भन्ने खबरको खण्डन गरेका छन् । इराकमा खटिएका शीर्ष अमेरिकी जनरलले लेखेको एक पत्रमा अमेरिकी सेना इराकबाट बाहिरिदै गरेको सङ्केतले अन्यौलता छाएको समयमा एस्परको यस्तो भनाई आएको हो ।

जनरलको पत्रमा इराकी सांसदहरुले अमेरिकी सेनालाई देश छाड्न भनेको अवस्थामा ‘अमेरिकाले आगामी दिन वा हप्तामा आफ्नो फौजलाई नयाँ स्थानमा सार्ने’ भनिएको छ । एस्परले भने अमेरिका सेना इराकबाट हटाउने कुनै निर्णय नभएको बताए ।

केही दिन अघि अमेरिकाले शीर्ष इरानी कमाण्डार कासिम सुलेमानीको हत्या गरेपछि अमेरिकी सेनामाथि बढेको खतरामाझ यो अन्यौलता उत्पन्न भएको छ । कासिम शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा बग्दादमा मारिएका थिए । उनको हत्यामा इरानले ‘कडा बदला’ लिने चेतावनी दिएको अवस्थामा क्षेत्रीय तनाव उल्लेख्य बढेको छ ।

सुलेमानीको हत्याको सन्दर्भमा आइतबार इराकको संसदले विदेशी फौजलाई देश छाडेर जानुपर्ने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव गैर–बाध्यकारी थियो ।

इराकी संसदको प्रस्तावपछि बोल्ने क्रममा ट्रम्पले अमेरिकी फौज बाहिरिने अवस्थामा इराकविरुद्ध कडा प्रतिबन्ध लागु हुने चेतावनी दिए ।

‘हामीले त्यहाँ निक्कै महँगो एयरबेस बनाएका छौं जसको निर्माणमा अर्बौं डलर खर्च भएको छ । तिनले त्यसको खर्च नदिएसम्म हामी छाड्ने छैनौँ,’ ट्रम्पले पत्रकारसँग भने ।

सुलेमानीको हत्याको सन्दर्भमा आइतबार इराकको संसदले विदेशी फौजलाई देश छाडेर जानुपर्ने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव गैर–बाध्यकारी थियो ।

इराकी संसदको प्रस्तावपछि बोल्ने क्रममा ट्रम्पले अमेरिकी फौज बाहिरिने अवस्थामा इराकविरुद्ध कडा प्रतिबन्ध लागु हुने चेतावनी दिए ।

‘हामीले त्यहाँ निक्कै महँगो एयरबेस बनाएका छौं जसको निर्माणमा अर्बौं डलर खर्च भएको छ । तिनले त्यसको खर्च नदिएसम्म हामी छाड्ने छैनौँ,’ ट्रम्पले पत्रकारसँग भने ।

पत्रमा के थियो ?

चर्चामा रहेको पत्र अमेरिकी सैन्य टाक्स फोर्सका प्रमुख ब्रिगेडियर जनरल विलियम एच सीलीले ‘कम्बाइड जोइन्ट अपरेसन’का सहायक निर्देशक अब्दुल अमिरलाई लेखिएको देखिन्छ ।

पत्रको लेखिएको छ, ‘महोदय, इराकी गणतन्त्रको सार्वभौमिकताप्रति सम्मान राख्दै, इरानी प्रधानमन्त्री तथा संसदले अनुरोध गरे अनुरुप ‘कम्बाइन जोइन्ट टास्क फोर्स–अपरेशन इन्हेरेन्ट रिजोल्ब’ आगामी केही दिनभित्र र हप्ताभित्र आफ्ना फौजलाई फरक स्थानमा सारिनेछ ।’

पत्रमा ‘सुरक्षित र प्रभावशाली रुपमा सेनाको इराकबाहिर स्थानातरणको लागि’ ‘रातको समयमा’ हवाई उडान बढाइने जस्ता उपाय पनि उल्लेख छ ।

वासिङ्टनमा हलचल

डिफेनस सेक्रेटरी एस्परले भने इराकी फौज इरानबाट बाहिरिन लागेको कुराको खण्डन गरेका छन् ।

‘इराक छाड्नेबारेमा कुनै पनि निर्णय भएको छैन । त्यो पत्र के हो मलाई थाहा छैन । त्यो कहाँबाट आयो र त्यसमा के छ हामी खोजबिन गरिरहेका छौँ,’ एस्परले पत्रकारसँग भने ।

अमेरिकी सेनाका सबैभन्दा शीर्ष व्यक्ति कमाण्डर अफ जोइन्ट स्टाफ मार्क मिलीले पत्रबारे जानकारी दिन बोलाइएको पत्रकार भेलामा सार्वजनिक भएको चिठ्ठी ‘गल्ती’ भएको बताए ।

उनले उक्त पत्र ‘कमजोर शब्दमा लेखिएको, हस्ताक्षर पनि नगरिएको र त्यसलार्य सार्वजनिक नगरिनुपर्ने थियो’ भने । उक्त चिठ्ठी इराकी सेनाबाटसुझाव लिनको लागि परिपत्र गरिएको थियो ।

‘चिठ्ठी केही प्रमुख इराकी सैन्य पदाधिकारीलाई पठाएर हवाई आवगमनलाई समन्वय गर्न खोजिएको थियो । तर त्यो गल्तीले पत्रकारसम्म पुग्यो । त्यसपछि यो हल्लाखल्ला भइरहेको छ ।’

जनरल मिलीले अमेरिकी फौजले इराक नछाड्ने बताए ।

विभिन्न स्रोत अनुसार उक्त चिठ्ठी खासमा इराकस्थित अमेरिकी सेनाले आफ्नो फौजलाई ग्रिन जोनबाट अन्य क्षेत्रको सुरक्षाको लागि सार्न लागेको कुरा इराकी सैन्य पदाधिकारीलाई जानकारी दिन लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस