विदेशी नागरिकलाई घर भाडामा राख्दा यस्तो नियम

पत्रपत्रिकाबाट

मंगलबार, २२ पुस २०७६, ०७ : ५८
विदेशी नागरिकलाई घर भाडामा राख्दा यस्तो नियम

काठमाडौँ । उपत्यका लगायत देशका मुख्यमुख्य सहरमा घर भाडामा लिएर बस्ने विदेशी नागरिकको विवरण नजिकको प्रहरी कार्यालयमा पेस गर्नुपर्ने भएको छ ।

चोरी, डकैती, लुटपाट, बैङ्किङ कसुर जस्ता आर्थिक अपराध, साइबर, अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थ भण्डारण र प्रयोग गरी अराजक गतिविधिका घटनामा विदेशी नागरिक संलग्न हुने गरेको ठहरसहित गृहमन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको हो ।

एक साताअघि मन्त्रालयमा आयोजित सुरक्षा निकायको बैठकमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले विदेशी नागरिकलाई घर भाडामा दिँदा घरधनी वा भाडावालमध्ये एकले प्रहरीलाई विवरण पेश दिनुपर्ने प्रस्ताव राखेका थिए ।

सो प्रस्ताव गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखले स्वीकार गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस