इरानले तोक्यो डोनल्ड ट्रम्पको टाउकोको मूल्य : ९ अर्ब रुपैयाँ पुरस्कार

८० मिलियन डलर जम्मा गर्न सबै इरानी नागरिकलाई दान गर्न अपिल

एजेन्सी

सोमबार, २१ पुस २०७६, ११ : २०
इरानले तोक्यो डोनल्ड ट्रम्पको टाउकोको मूल्य : ९ अर्ब रुपैयाँ पुरस्कार

अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए ।

अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो ।

ट्रम्पको टाउकोको मूल्य तिर्न इरानीले गर्ने छन् दान

जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ ।

मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस