देउवालाई १ रुपैयाँ अभियान शुरु

आइतबार, २८ माघ २०७४, १५ : ५७
देउवालाई १ रुपैयाँ अभियान शुरु

चितवन । देउवा नेतृत्वको सरकारले राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट मच्चाएको भन्दै सांकेतिक विरोध र व्यङग्य स्वरुप माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले १ रुपैयाँ संकलन अभियान सुुरु गरेको छ ।

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार देउवा सरकारले एकपछि अर्काे गर्दै राष्ट्रिय ढुकुटीमा व्रम्हलुट मच्चाएपछि क्रान्तिकारीले उपत्यका लगायत देशका सबै प्रमुख शहरहरुमा १ रुपैयाँका दरले चन्दा संकलन गरि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रि देउवालाई बुझाउने कार्यक्रम तय गरेको छ ।

“प्रधानमन्त्रि देउवालाई आफना दलका कार्यक्रता भरणपोषण गर्न जति भएपनि पुगेन । त्यसैले हामीले उहाँलाई चन्दा संकलन गरि सहयोग गर्न लागेका हौँ ।” बस्नेतले भने ।
प्रधानमन्त्रि देउवालाई १ रुपैयाँ अभियान आजबाटै उपत्यकाका कलेजहरुमा शुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस