निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष बुझायो

आइतबार, २८ माघ २०७४, १३ : १९
निर्वाचन आयोगले  राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष बुझायो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

आयोग पदाधिकारीले आइतबार बिहान राष्ट्रपति कार्यलय शीतलनिवास पुगेर नतिजा बुझाएको आयोग प्रवक्ता नवराज ढकालले बताए ।

गत माघ २४ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशबाट ५६ सदस्य निर्वाचित भएका थिए ।

जसमा सवैभन्दा बढि एमालेले २७ सिट जितेको थियो भने काँग्रेसले १३, माओवादी केन्द्रले १२ तथा राजपा र संघीय समाजवादी फोरमले दुईदुई सिट जितेका थिए ।

राष्ट्रिय सभामा तीन जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गरेपछि राष्ट्रियसभाले पुर्णता पाउनेछ । 

प्रतिक्रिया दिनुहोस