स्मार्ट लाइसेन्स पाउन अझै ६ महिना

पत्रपत्रिकाबाट

विहीबार, १७ पुस २०७६, ०८ : ००
स्मार्ट लाइसेन्स पाउन अझै ६ महिना

काठमाडौं। ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुनुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् ।

सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो । यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ । तर, क्षमताभन्दा आधा मात्र छपाइ भइरहेको छ ।

विभागका प्रवक्ता तीर्थराज खनालले हाल ५ हजारमाथि स्मार्ट लाइसेन्स प्रिन्ट भइरहेको बताए । आधुनिक मेसिनले प्रतिघण्टा ४५० प्रति स्मार्ट लाइसेन्स छाप्न सक्ने क्षमता भए पनि हाल त्यसको आधा मात्र छाप्ने काम भइरहेको हो ।राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस