‘गुटको नेता नभइ काँग्रेस पार्टीको सभापति बन्न आग्रह’

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, २१ : ०९
‘गुटको नेता नभइ काँग्रेस पार्टीको सभापति बन्न आग्रह’

काठमाडौँ । काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई पार्टीभित्र विकसित पछिल्लो विवाद समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन सभापति शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन् । सिटौलाले सभापति देउवालाई मंगलबार ४ बुँदे सुझावसहितको एक ध्यानाकर्षणपत्र बुझाउँदै पार्टीभित्र बृहद एकता र सहमतिबाट निर्णय गर्ने परिपाटी बसाल्न आग्रह गरेका हुन् ।

‘पार्टीको केन्द्रीय तहमा भएको विवादले देशभरीका साथीहरुलाई निराश बनाएको छ । पार्टीभित्र देखिएको बहुमत र बहिस्कारको स्थितिको तत्काल अन्य गरी सम्पूर्ण साथीहरुमा उत्साह जगाउने गरी प्रतिपक्षका सार्वजनिक कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न आवश्यक छ । यसका लागि पार्टीभित्र वृहद एकता र सहमतिबाट निर्णय गर्ने परिपाटी बसाउनुपर्छ’, सिटौलाले भनेका छन् ।

सभापति देउवालेको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने भन्दै सिटौलाले गुटको नेता नभइ नेपाली काँग्रेस पार्टीको सभापति बन्न आग्रह् गरेका छन् । ‘१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित तपाईँको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो । यो जिम्मेवारी निर्वाचन गर्न तपाईँ कुनै गुटको होइन नेपाली काँग्रेको पार्टी सभापति हो भन्ने कुराको स्मरण गरेर सबै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गनुपर्छ ।’

उनले भनेका छन् । उनले पार्टीको बृहत्तर एकतालाई मजबुद बनाउन पार्टीको विधान र सो अनुरुप सहमतिबाट निर्णय गर्नका लागि पहलकदमी लिन पनि आग्रह गरेका छन् । यस्तै सिटौलालो पार्टीका भ्रार्तसंस्था, शुभेच्छुक संस्थालगायतलाई नियममित रुपमा वैधानिक रुपमा चयन गर्ने वातावरण चयन गर्न, पार्टीका केन्द्रीय विभाग र समिति वा अन्य कुनैपनि संरचना निर्माण गर्दा सहमतिको आधारमा विधान बमोजिम गर्न र महाधिवेशनको कार्यतालिका सच्याउन पनि माग गरेका छन् ।

सरकारको तर्फबाट प्रस्तुत विधेयकहरु र शासकीय शैलीले  लोकतान्धि मूल्यमान्यता नै कमजोर भएको उल्लेख गर्दै सिटौलाले यसबाट हुनसक्ने दुर्घटनालाई रोक्ने दायित्व पनिकाँग्रेसको हुने भन्दै यसका लागि  पार्टीमा स्पष्टता र एकता अपरिहार्य रहेको बताएका छन् । तर पार्टीभित्र एकता हुन नसकिरहेको भन्दै सिटौलाले यसले सरकारविरुद्धको पार्टीको आवाज कमजोर बनाउन सक्ने सम्भावना औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस