लयर्स एशोसिएशनमा रावल

आइतबार, २८ माघ २०७४, १२ : ३३

काठमाडौँ । नेपाली काँग्रेसनिकट कानून व्यवसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौँको अध्यक्षमा प्रकाश रावल निर्वाचित हुनुभएको छ ।

एशोसिएशनको शनिबार राति सम्पन्न तेस्रो अधिवेशनबाट रावलको नेतृत्वमा २३ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षका आकांक्षीमध्ये सात जनालाई पछाडि पार्दै रावल निर्वाचित हुनुभएको हो ।

अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेकामा रावलले १८९ मत ल्याई विजयी हुनुभएको र उहाँका निकटतम प्रतिद्वन्द्वी शिवराज पोखरेलले १२४ मत प्राप्त गर्नुभएको नेपाल बार काठमाडौँका अध्यक्ष लक्ष्मण थपलियाले राससलाई जानकारी दिनुभयो ।

यस्तै उपाध्यक्षमा राजन निरौला निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा विनोद कार्की र कोषाध्यक्षमा पुरुषोत्तम अर्याल विजयी हुनुभएको छ ।
चार पदाधिकारीसहित २३ सदस्यीय कार्यसमिति रहेको एशोसिएशनमा सदस्य भने निर्विरोध निर्वाचित भएको थियो ।
सदस्यमा अजयकुमार पटेल, अन्जना अर्याल, अन्जु रेग्मी अर्याल, उत्तम खनाल, चक्रबहादुर थापा, ज्योतिदेव पनेरु, दामोदर तिम्सिना, नारायणप्रसाद भण्डारी, प्रवीण महर्जन, वासुदेव रिजाल, विनोद अधिकारी, विनोद खतिवडा, विमल सापकोटा, वीरेन्द्र पाठक, रगेन्द्रमानसिंह प्रधान, राजेश्वरी महर्जन, रञ्जिता केसी र रबिन भट्टराई निर्वाचित हुनुभएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस