राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइने

आइतबार, २८ माघ २०७४, १२ : १३
राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति भण्डारीसमक्ष बुझाइने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति विद्यादेबी भण्डारीसमक्ष बुझाइने भएको छ ।
निर्वाचन आयोगले  माघ २४ गतेको निर्वाचनबाट निर्वाचित ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्न लागेको हो ।
यस्तै प्रतिनिधिसमाको अन्तिम समानुपातिक परिणाम भने आयोगले फागुन ५ गतेभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।
दलहरुले समानुपातिकतर्फ निर्वाचित हुनेहरुको नाम सोमवार साँझसम्म आयोगलाई बुझाउनु पर्ने  प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस