काठमाडौँ । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजना लाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो ।
वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ पुस २०७६, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ