फोरम र राजपा नेपालबीच सहमति : फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने, मन्त्रालयको पनि भागबण्डा

शनिबार, २७ माघ २०७४, १९ : ५१
फोरम र राजपा नेपालबीच सहमति : फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने, मन्त्रालयको पनि भागबण्डा

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच प्रदेश नम्बर २ मा मुख्यमन्त्री, सभामुख र मन्त्रीहरु चयनका लागि सहमति जुटेको छ ।
फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित तीनवटा मन्त्रालय र राजपा नेपालले सभमुख सहित तीनवटा मन्त्रालय बाँडफाँड गरेको छ ।

फोरम नेपालले , समाजिक सुरक्षा र कृषि मन्त्रालय सहित तीन मन्त्रालय पाएको छ भने राजपा नेपालले भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय गरी  तीन मन्त्रालय पाएको छ । फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा यी दुई दलको बीचमा छलफल भएको थियो । यसअघि माघ २३ गते जनकपुरमा यी दुई दलको बीचमा भएको छलफल भएको थियो । सो छलफलमा राजपा नेपालले तीन बुँदे प्रस्ताव राखेको थियो ।

मुख्य मन्त्री र दुई मन्त्रालय, सभामुख र चार मन्त्रालय तथा चक्रिय प्रणालीमा मुख्य मन्त्री गरी तीन प्रस्ताव राखेको थियो । यी प्रस्ताव प्रति फोरम नेपाल सकारात्मक थिएन । आज छलफल हुँदा चक्रिय प्रणाली हटाएर तीन तीन मन्त्रालयमा सहमति गरेको छ ।

फोरम नेपालले पाउने मन्त्रालयहरू
मुख्यमन्त्री, उप सभामुख, आन्तरिक मामला (गृह) तथा कानुन मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय,अर्थ तथा योजना मन्त्रालय ।
राजपाले पाउने मन्त्रालयहरू
सभामुख, भौतिक पूर्वाधार मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र  समाजिक विकास मन्त्रालय

 

 

प्रतिक्रिया दिनुहोस