चिततवन विषेश

गुम्बाको उद्घाटन गर्दै प्रचण्डले भने ‘शान्तिको पक्षमा अर्को फड्को मार्न तयार छु’

शनिबार, २७ माघ २०७४, १९ : ०४

चितवन / पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको हित नहुने भन्ने लाग्यो भने अर्को फड्को हान्न तयार रहेको बताउनुभयो ।
तीन खोले गुम्बा भरतपुरको उद्घाटन गर्दैे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु भएको स्थानबाट देशको हित नहुने भन्ने लाग्यो भने अर्को फड्ने हान्ने गरेको स्मरण गर्नुभयो । फड्को मार्न बेर नै मान्दिन् भन्दै उहाँ भन्नुभयो , “किन भने प्रचण्ड भनेकै त्यही भईसक्यो । माओवादी भनेकै यही भई सक्यो । ” अप्ठयारो पार्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडी बढ्ने ब्राण्ड बनाएको उहाँको भनाई थियो । ईतिहासमा ठुला –ठुला परिवर्तनहरु एक प्रकृयाबाट आएर अर्को प्रकृयामा गएर बन्ने गरेको अध्यक्ष प्रचण्डको भनाई थियो । देशमा फड्को मार्न माओवादी कै प्रयासले सम्भव भएको दाबी गर्नुभयो । उहाँले बौद्ध धर्मको संरक्षणका लागि अधिकार सम्पन्न प्राधिकरण स्थापन गर्न पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मुठी दान संकलन गरि निर्माण गरिएको महाबौद्ध गुम्बाको २६ बर्षपछि उद्धघाटन गरिएको छ । बौद्ध धर्म सेवा समिति भरतपुरले महानगर वडा नं.२ स्थित तीनखोलेमा रहेको गुम्बा वि.सं.२०४८ सालमै शिलान्यास गरि निर्माण गरेपनि आर्थिक अभावका कारण गुम्बा उद्घाटन हुन सकेको थिएन् । सो महाबौद्ध गुम्बाको एक समारोहका विच पूर्व पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्नुभयो । लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताका लागि कसले के गर्यो, त्यो घाम जस्तो छर्लङ्ग छ, उहाले भन्नुभयो ।

सोही अवसरमा बोल्दै बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङ्ग गुम्बा लगायतको मठमन्दिर पार्टी पौवा जस्ता सम्पदाहरु संरक्षणमा एक जाति मात्रै नभई सबै नेपालीहरु एकजुट हुनुपर्ने बताउनुभयो । बौद्ध धर्म सेवा समिति भरतपुरका अध्यक्ष ईमानबहादुर गुरुङ्गो अध्यक्षतामा सम्पन्न गुम्बा उद्धघाटन कार्यक्रममा शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी, नेपाल बौद्ध महासंघका महासचिव तथा बौद्ध गुरु खेन्पो कमल भण्डारी, टेकप्रसाद गुरुङ्ग लगायताले मन्तव्य व्यक्त गुर्नभएको थियो । कार्यक्रममा गुम्बा समितिका पूर्व अध्यक्ष देवेन्द्र गुरुङ्ग सहित विभिन्न १ दर्जन व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

करिब एक करोड २५ लाख रूपैयाँको लागतमा गुम्बा निर्माण भएको समितिका अध्यक्ष ईमानबहादुर गुरूङले जानकारी दिनुभयो । विशुद्ध जनसहभागिता र गुम्बाले आयोजना गरेको पूजापाठबाट संकलित रकमले गुम्बा निर्माण गरिएको समितिले जनाएको छ । प्रशस्त आर्थिक स्रोत नहुँदा भवन निर्माण भएको लामो समयसम्म पनि उद्घाटन गर्न नसकिएको समितिका सल्लाहकार गजबहादुर गुरूङले बताउनुभयो । यसका साथै बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति ललितपुरको आयोजनामा २७ गतेबाटै गुम्बामा तीनदिने धर्म देशना कार्यक्रम सुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस