काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको वहिष्कारका बाबजुत नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशन २०७७ फागुन ७ गते ८ , ९ र १० गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
२०७६ साल फागुन २० गते देखि लागु हुने गरी सबै पदाधिकारी र सदस्यहरुको समय २०७७ फागुन १९ गते सम्म एक बर्षका लागि थप गर्ने निर्णय गर्दे १४ औ महाधिवेशनको मिति तय गरेको हो ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको समयावधि थप गर्दे महाधिवेशनको मिति तय गरेको हो । २०७७ मंसिर ९ गते गाउ र नगरका वडाहरुको अधिवेशन गर्ने, २०७७ मंसिर ११ मा ७ सय ५३ वटै स्थानीय तहमा एकै दिन र प्रदेशसभाका ३ सय ३० वटा प्रदेशसभाको क्षेत्रिय अधिवेशन २०७७ मंसिर १५ गते हुनेछ ।
त्यसैगरी १ सय ६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशन २०७७ मंसिर १७ गते गर्ने कार्यतालिका तय भएको छ । ७७ वटै जिल्लाको जिल्ला अधिवेशन २०७७ मंसिर २५ गते हुनेछ भने ७ वटा प्रदेशको अधिवेशन २०७७ पुस १५ गते सम्पन्न गरि कार्यतालिका बैठकले सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०७६, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति