तिराना । अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् ।
गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ ।
उक्त पराकम्पहरुको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चार माध्यमलाई बिहीबार बताउनु भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि स्थिरता नभएको र स्थानीयवासिन्दा त्रसित नै रहेका अधिकारीहरुले जनाएका छन् । एक महिना अगाडी आएको भूकम्पमा परी ५१ जनाको मृत्यु हुनुको साथै अरु हजारौँ घरहरु भत्किएका थिए । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ११ पुस २०७६, १७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का