तिराना । अल्बानियामा आएको पछिल्लो भूकम्पपछि अहिलेसम्म २२ सय भन्दा बढी पराकम्प आएका छन् ।
गत नोभेम्बर २६ तारिखका दिन ६.४ म्याग्नीच्युडको भूकम्प आएको थियो । त्यसपछिको एक महिनाको अवधिमा २२ सय भन्दा बढी पराकम्प आएको बताइएको छ ।
उक्त पराकम्पहरुको मापन भूगर्भ कार्यालयले गरेको अल्बानियाका भूकम्प विज्ञ रेक्सहेप कोसीले स्थानीय सञ्चार माध्यमलाई बिहीबार बताउनु भएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि स्थिरता नभएको र स्थानीयवासिन्दा त्रसित नै रहेका अधिकारीहरुले जनाएका छन् । एक महिना अगाडी आएको भूकम्पमा परी ५१ जनाको मृत्यु हुनुको साथै अरु हजारौँ घरहरु भत्किएका थिए । (रासस/सिन्ह्वा)


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ११ पुस २०७६, १७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प