आर्थिक क्रान्तिका लागि कृषिमा लगानी : अध्यक्ष प्रचण्ड

शनिबार, २७ माघ २०७४, १४ : ३२
आर्थिक क्रान्तिका लागि कृषिमा लगानी : अध्यक्ष प्रचण्ड


चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किसानको हक हितलाई संरक्षण गर्ने नीति निमार्ण हुनुपर्ने बताउनुभएको छ ।

नेपाल अण्डा उत्पादक सघंको केन्द्रिय कार्यलयको १४ औ साधारण सभा तथा ८ औ अधिवेश एवं सघंको भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले किसानहरुको व्यवसायीक प्रर्वधनको निम्ति राज्यले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । देशको सम्रग अर्थत्रन्त्रको विकास गर्न व्यवसायलाई प्रतिस्प्रर्धात्मक र विज्ञान प्रविधिको प्रयोग गर्दै अगाडी बढनु पर्ने विचार व्यक्त गर्नुभयो । 

 

उहाँले भन्नुभयो,“ आउने सरकारले त्यसतर्फ ध्यान दिने छ । हामीलाई आत्म निर्भरता चाहिएको छ ।” राज्यले कुन क्षेत्रमा बैदेशिक सहयोग ल्याउने कुन क्षेत्रमा रोक लागाउने विषयमा विचार गरेर मात्र ल्याउनुपर्ने भन्दै उहाँले देशको वृहतर हितको हुने खालका लगानी भित्रयाउनुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो,“राष्ट्रको अर्थतन्त्र धरासायी हुने , जहाँ पनि जसरी , विदेशी लगानी भन्न थालियो भने स्वदेशी व्यवसाय विस्थापीत हुने अवस्थामा पुग्ने भएकाले प्रथामिकता छुटाएर तय मात्र लगानी गर्नुपर्छ । 

यसैबिच पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अण्डा उत्पादक सघंले चितवनको रामनगरमा निमार्ण गर्न लागेको केन्द्रिय कार्यलयको शिल्यनास गर्नु भएको छ ।

सघंको केन्द्रिय कार्यालय ३ कट्टा क्षेत्रफलमा निमार्ण हुन लागेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस