नियमित काजुको सेवन, स्वास्थ्यका लागि  धेरै उपयोगी

बुधबार, ०९ पुस २०७६, ०८ : २७
नियमित काजुको सेवन, स्वास्थ्यका लागि  धेरै उपयोगी

काठमाडौं । काजु हामी सबैले खाएको हुनुपर्छ । धेरै महंगो हुने भएकाले नियमित खान नसकेपनि अधिकांशले यो ड्राई फुड चाखेकै छौं । महंगो भएपनि यसको नियमित सेवन गर्ने हो भने स्वास्थ्यका लागि धेरै फाईदाजनक छ ।  

काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ । काजु खानाले अनुहार राम्रो हुने र स्मरण शक्ति बलियो हुन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र लेप बनाएर अनुहारमा मालिस गर्ने हो भने अनुहार चम्किलो हुन्छ । काजुमा पाइने तरलमा भिटामिन बी को मात्रा धेरै हुन्छ । जसले दिमाग तेजिलो बनाउँछ । काजु खानाले शरीरमा युरिक एसिड बढ्दैन् । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन् । तर काजु एक यस्तो ड्राइ फुडमा पर्छ जो कसैले पनि खान उपयोग छ । 

काजुमा पोटासियमको मात्रा बढी हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ । काजुमा सोडियमको मात्रा कम हुन्छ । यसमा कार्बोहाइड्रट, प्रोटिन, आइरन, जिंक, कपर र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । जसले हड्डी तथा दाँतलाई बलियो बनाउँछ । बिहानको समयमा हरेक दिन काजु खाने हो भने उच्च रक्तचाप बाट बच्न सकिन्छ । यसका साथै शरीरमा अन्य सकारात्मक परिवर्तनहरु हुन्छ ।
 
 नियमित काजु खानुका केही फाइदाहरु :

–मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप नियन्त्रण गर्छ । 

–दिमागलाई तेज तथा स्मरण शक्ति बढाउँछ । 

–छालामा चमक दिने काम गर्छ । 

– निराशा र थकान मुक्त गराउछ । 

–मुटु बलियो बनाउछ ।

–शरीरलाई आवश्यक पोषण प्रदान गर्छ ।

–डर लाग्ने र मुटुसम्बन्धी अन्य रोग नियन्त्रण गर्छ । 

प्रतिक्रिया दिनुहोस