'अवैधरूपमा नेपाल छिरेका चिनियाँसँग पासपोर्ट नै छैन'

पत्रपत्रिकाबाट

बुधबार, ०९ पुस २०७६, ०७ : ३५
'अवैधरूपमा नेपाल छिरेका चिनियाँसँग पासपोर्ट नै छैन'

काठमाडौं । गैरकानुनीरूपमा नेपाल आएका अधिकांश चिनियाँ नागरिकसँग पासपोर्ट नै नभएको तथ्य फेला परेको छ। नेपाल र चीन सरकारद्वारा गरिएको अप्रेसनका क्रममा पक्राउ परेका ती नागरिकको अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको प्रहरी अधिकारीहरूले जनाएका हुन्।

चीन र कम्बोडियाबाट नेपाल आएका ती चिनियाँँ नागरिकहरूले पासपोर्ट च्यातेको तथ्य फेला परेको सो घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए। पक्राउ परेका केही चिनियाँ नागरिकसँग पासपोर्ट भए पनि उनीहरू भिसाको म्यादभन्दा बढी समय बसेको पाइएको ती अधिकारीले बताए।

नेपालमा आएर बसेका झन्डै ३ हजारको संख्यामा रहेका आपराधिक मनोवृत्तिका चिनियाँ नागरिकबारे प्रहरीले खोजीकार्य तीव्र बनाएको छ भने राजधानीबाट भागेर अन्यन्त्र जानसक्ने सम्भावना भएका उनीहरूको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरीको टोली परिचालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस