रोमान्टिक यात्राका लागि ९ गन्तव्य

पत्रपत्रिकाबाट

शनिबार, २७ माघ २०७४, १४ : ०३
रोमान्टिक यात्राका लागि ९ गन्तव्य

जोडीमा बाँधिएका पा बाँधिने तरखरमा रहेकाहरु भ्यालेन्टाइन डेलाई स्मरण्ीय बनाउन चाहन्छन । अहिले घुमघामको जमाना छ । मस्त काम गर्ने र फुर्सद मिलाएर घुम्ने ।

भ्यालेन्टाइन डेको अवसर पनि घुम्ने बहाना हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सिफरिस गरेका नौ स्थानबारे कान्तिपुर(शुक्रबार)मा सुरज कुँवरले लेखेका छन् ।

रानी महल
पाल्पाको रानी महललाई नेपालको ताजमहल भनिन्छ । कालीगण्डकी नदी किनारको यो थलोलाई प्रमको प्रतीक मानिन्छ ।

इलाम
चिया उत्पादन र प्राकृतिक सौन्दयृका लागि प्रख्यात छ । हरियाली चियाबगानको सौन्दर्यले यसबेला पनि वसन्त ऋतुमा जस्तै माहोल बनाइदिन्छ ।

भेडेटार
धरानाट १६ किलोमीटर उत्तरमा पर्ने धनकुटाको भेडेटारमा तीसको दशकमा बेलायती युवराज चाल्र्सको भ्रमणपछि चर्चित बन्यो । यहाँबाट कञ्चनजंघा, मकालु हिमशृंखला नियाल्न सकिन्छ ।

नगरकोट
काठमाडौंबाट नजिकको गन्तव्य हो, नगरकोट । यहाँबाट गणेश हिमालसहित शिखरहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

दामन
काठमाडौं आसपासका लागि कमवानपुरको दामन दामी छ । चिसो हावापानीसँगै पश्चिममा अन्नपूर्ण र पूर्वमा सगरमाथा, मकालुसम्मका हिमचुचुरा देख्न सकिन्छ ।

कुलेखानी
काठमाडौंबाट ४० किमि दूरीमा रहेको इन्द्रसरोवर मानव निर्मित सबैभन्दा ठूलो ताल हो । ७ किमि क्षेत्रफल ओगटेको यो ठाउँ हेर्दा प्राकृतिक तालजस्तै लाग्छ ।

बन्दीपुर
नेवारी संस्कृतिको बाहुल्य भएको तनहुँको बन्दीपुरलाई विदेशीहरु 'लिभिङ म्युजियम' पनि भन्छन् । काठमाडौंबाट १४० किमि दूरीमा पर्ने बन्दीपुर महाभारत क्षेत्रमा फैलिएको छ ।

खानीडाँडा
कैलाली जिल्लामा चुरे र महाभारत क्षेत्रको बीचमा पर्ने यो स्थान पश्चिम क्षेत्रमा घुमघामका लागि उपयुक्त छ ।

सराङकोट
पोखरालाई पनि हेर्न मन लागेको छ भने त्यो सराङकोट हुन सक्छ । भ्यु टावर पनि छ । प्याराग्लाइडिङका लागि प्रख्यात छ ।

प्रतिक्रिया दिनुहोस