निर्माणधिन भवनमा आगलागी, लाखौँको क्षति

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०७६, ०७ : २७
निर्माणधिन भवनमा आगलागी, लाखौँको क्षति

चितवन । चितवनको एक बन्दै गरेको नयाँ भवनमा आगलागी हुँदा लाखौँ बराबरको क्षति भएको छ । खैरहनी नगरपालिका १ मा रहेको खनाल पोल्ट्री फर्मको नयां बन्दै गरेको भवनमा सोमबार आगलागी भएको हो । 

आगलागीबाट ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट कुनै पनि मानविय तथा चौपाय क्षति नभएको जनाइएको छ । निर्माणधिन भवनमा वेल्डिङ गर्ने क्रममा साँझ ५ बजे आगो लागी भएको जनाइएको छ । दमकल र प्रहरीको टोलीले आगलागी नियन्त्रणमा लिईएको थियो ।
 

प्रतिक्रिया दिनुहोस