बिग ब्यास लिग : मेलबर्न स्टार्सको दोस्रो जित, सन्दीपले लिए १ विकेट

एजेन्सी

आइतबार, ०६ पुस २०७६, १४ : ०६
बिग ब्यास लिग : मेलबर्न स्टार्सको दोस्रो जित, सन्दीपले लिए १ विकेट

काठमाडौँ । नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ । 

होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गर्दै मेलवर्न स्टार्सले लगातार दोस्रो जित निकालेको हो । १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हुरिकेन्स १६ ओभरमा १ सय ११ रनमा अलआउट भएपछि मेलवर्न जित निकाल्न सफल भयो । 

स्टार्सका खेलाडीको कसिलो बलिङसामु सिमी जेवेलले २५ तथा रोजले ३२ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन् । राइटले १० रन जोडेका थिए । 

स्र्टासका लागि हरिस राउर्फले सर्वाधिक ५ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले २–२ विकेट लिँदा सन्दीपका नाममा १ विकेट रह्यो । सन्दीपले पहिलो खेलमा पनि १ विकेट लिएका थिए ।  

यसअघि पहिला ब्याटिङ गरेको मेलवर्न स्टार्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । मेलवर्नका लागि मार्कुस स्टोनिसले सर्वाधिक ८१ रन बनाए । निक म्याडिसनले ४० रनको योगदान दिएका थिए । 

प्रतिक्रिया दिनुहोस