चितवन । विचौलीयाका कारण अण्डाको मुल्य नपाएको भन्दै अण्डा उत्पादक किसानहरु आन्दोलीत बनेका छन । उनिहरुले सडकमै अण्डा फालेर विरोध गरेका छन् । मंगलबार भरतपुरको चौविसकोठीमा प्रदर्शन गर्दै किसानहरुले अण्डा फालेर विरोध गरेका हुन ।
किसानहरुले जिल्ला प्रहरी कार्यालय परिसरबाट चोविसकोठीसम्म नाराबाजी गर्दै ¥याली समेत निकालेका थिए । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा भएको विरोध कार्यक्रममा १६ पेटी अण्डा बाटोमा फालेको अण्डा उत्पादक संघका केन्द्रिय उपाध्यक्ष किरणभुषण ओलीले जानकारी दिए । उनका अनुसार बिचौलीया आफैले अण्डाको मुल्य घटाएर निर्धारण गरेका कारण सडकमा उत्रनु परेको हो ।
किसानको उत्पादनको मुल्य तोक्ने अधिकार अरुलाई हुदैन उनले भने ‘विचौलीयाले आत्मनीर्भर बन्दै गएका कुखुरापालक किसानलाई पेशा बाटै विस्तावित गराउने काम गरेको छ यसको विरोधमा हामी छौं ।’ यस अघि गत शुक्रवार दाना बितरण संघको कार्यालयमा किसानले तोडफोड समेत गरेका थिए । तोडफोडमा संलन रहेको भन्दै जिल्ला प्रहरी कार्यलय चितवनले पाँच जना किसानलाई नियन्त्रमा समेत राखेको छ ।विरोध कार्यक्रममा किसानहरुले उनीहरुको रिहाईको माग समेत गरेका छन् ।
चितवन नवलपुर दाना अण्डा कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बजारको माग अनुसार अण्डाको मुल्य रहेको बताएका छन् । किसानले उत्पादन गरेको अण्डाको मुल्य किसान आफैले तोक्न पाउनुपर्छ उनले भने ‘अरु कसैलाई मुल्य तोक्ने अधिकार छैन ।’ हाल ६ हजार पेटी अण्डा दैनीक चितवनमा उत्पादन ह’न्छ .
प्रतिक्रिया दिनुहोस
उर्गेन तामाङ
मंगलबार, ०१ पुस २०७६, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा
चितवनका किसान खडेरीको चपेटमा, नारायणी लिफ्टको पानी पनि पर्याप्त भएन
मधेसका किसानका लागि विषेश कार्यक्रम ल्याउने तयारी
हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान
पशुपालक किसानलाई नगद अनुदान
अनुदान उपलब्ध गराउन उखु किसानको माग