मतदाता परिचयपत्र वितरण हुँदै , कहाँ बाट र कहिले ?

शुक्रबार, ०१ मंसिर २०७४, ०७ : ५९
मतदाता परिचयपत्र वितरण हुँदै , कहाँ बाट र कहिले ?

निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि मंसिर ८ र ९ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नयाँ मतदाताका लागि मतदान केन्द्रबाटै परिचयपत्र वितरण गर्ने भएको हो ।

स्थानीय तह निर्वाचनमा फोटोसहितको मतदाता परिचय पत्र बुझ्न बाँकी रहेका र नयाँ मतदातालाई परिचय पत्र वितरणको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेभित्र १८ बर्ष उमेर पुगेका, नामावली सार्न, सच्चाउन निवेदन दिएका मतदाताले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको सम्बन्धित मतदान केन्द्रबाट मंसिर ८ र ९ गते परिचयपत्र प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट परिचयपत्र वितरण हुने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रबाट मतदान गर्न पाउने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस