सावधान ! चिसोसँगै रोगको संक्रमण बढ्दो

पत्रपत्रिकाबाट

शनिबार, २८ मंसिर २०७६, ०६ : ५४
सावधान ! चिसोसँगै रोगको संक्रमण बढ्दो

काठमाडाैं । जाडो मौसम शुरू भएसँगै काठमाडौं उपत्यका लगायत देशभरका अस्पतालहरूमा बिरमीको चाप बढ्न थालेको छ ।

बढ्दो चिसोका कारण दम, यूरिक एसिड, उच्च रक्तचाप, मधुमेहका रोगीहरू प्रताडित हुन थालेका छन् । 

तापक्रम घटेसँगै चिसो सिजनमा देखापर्ने स्क्रबटाइफस, रोटाभाइरस, नोरोभाइरस र श्वासप्रश्वाससम्बन्धी रोगहरूको संक्रमणसमेत अत्याधिक रूपमा बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।

चिसोबाट बच्न नसकेमा रुघाखोकी र ज्वोरोको समस्या समेत बढ्न सक्ने उनीहरूको भनाइ छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस