नारायणगढ फुटबल लाई पराजित गर्दै गैंडाकोट फुटबल सेमिफाइनलमा

विहीबार, २५ माघ २०७४, १९ : २३
नारायणगढ फुटबल लाई  पराजित  गर्दै  गैंडाकोट फुटबल सेमिफाइनलमा

चितवन । भरतपुरमा जारी चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगितामा गैंडाकोट फुटबल क्लब गैंडाकोट सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटरफाइनलमा बलियो प्रतिद्वन्द्वी नारायणगढ फुटबल क्लब(एनफसी) लाई सडन डेथमा पराजित गर्दै गैंडाकोट फुटबल क्लब अन्तिम चारमा पुगेको हो ।

पहिलो चरणको खेलमा साविक विजेता शमशेर दल गण भरतपुरलाई पराजित गरेर उच्च मनोबलसाथ मैदान उत्रिएको गैंडाकोटले नारायणगढलाई हराउन भने निकै संघर्ष गर्नुप¥यो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवैतर्फबाट समान १–१ गोल भएपछि गरिएको टाई–ब्रेकरमा पनि बराबरी भएपछि सडन डेथबाट नतिजा निकालिएको आयोजक एभरेष्ट क्लब चितवनका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।
पहिलो हाफको २१ औं मिनेटमा एनएफसीका जर्सी नम्बर १० का राजेश परियारले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । दोस्रो हाफको ५५ औं मिनेटमा गैंडाकोटले गोल फर्कायो । उसका लागि जर्सी नम्बर १४ का कान्छा गुरुङले गरेको गोलले खेल बराबरी गरेपनि बाँकी अवसरलाई गोलमा परिणत गर्न नसक्दा निर्धारित समय बराबरीमै सकियो ।
पेनाल्टी सुटआउटमा पनि दुवै टोलीबाट समान ४ गोल भएपछि खेलले सडनडेथको दिशा लिएको थियो ।  जसमा नारायणगढका तर्फबाट गोल हुन सकेन र गैंडाकोट विजयी भयो ।

खेलको म्यानअफ दी म्याच बनेका गैंडाकोटका गोलरक्षक अनिष महतलाई शिक्षाविद् राजु लामाले ट्रफी प्रदान गरे ।
आगामी फागुन २ गतेसम्म चल्ने खेलको विजेताले नगद २ लाख २२ हजार र उपविजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता थियो । तेस्रो क्वाटरफाइनलमा शुक्रबार पुलिस र जू फुटबल क्लब जुगेडीका बीचमा का बीचमा दिउँसो २ः०० बजे हुनेछ ।

यसैबीच हरेक दिन प्रदान गरिने एभरेष्ट लक्की ड्रमा शक्तिखोरका संघर्ष गुरुङले आकर्षक मोबाइल प्राप्त गरे । एभरेष्ट लक्की ड्रमार्फत हरेक दिन एकजना टिकट खरिदकर्तालाई मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस