अपराध

कलाकार राजेन्द्र खड्गी मानव तस्करीको आरोपमा पक्राउ

विहीबार, २५ माघ २०७४, १९ : ०८
कलाकार राजेन्द्र खड्गी मानव तस्करीको आरोपमा पक्राउ

काठमाडौं । मानव तस्करी गरेकाे अाराेपमा कलाकार राजेन्द्र खड्गी पक्राउ परेका छन् । खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीवार पक्राउ गरेको हो ।

दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव ओसारपसार गरेको उनीमाथि आरोप लागेको छ ।

व्यूरोका निर्देशक डिआइजी पुष्कर कार्कीले भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले अनुसन्धान शुरु गरेका छौँ ।’

खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११  जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।

खड्गीलाई  पक्राउ लगत्तै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ । अदालतले ५ दिन थुनामा राखि खड्कीमाथि अनुसन्धान गर्न म्याद दिएको छ ।

प्रतिक्रिया दिनुहोस