बक्सिङमा नेपालाई स्वर्ण

रासस

मंगलबार, २४ मंसिर २०७६, २० : १०
बक्सिङमा नेपालाई स्वर्ण

फाईल फोटो

काठमाडौं । तेह्रौ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालका सनिल शाहीले स्वर्ण पदक जित्नुभएको छ । सातदोबाटोस्थित कराते हलमा आज भएको पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै उहाँले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । सोही स्पर्धामा श्रीलङ्का र बङ्गलादेशले कास्य जित्यो ।

पुरुष ५२ केजीमा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जित्यो । यस स्पर्धामा नेपालका तेजबहादुर देउवाले कास्य पदक हात पार्नुभयो । पुरुष ६९ केजीमा नेपालका विकास लामाले कास्य जित्नुभयो । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले रजत तथा बङ्गलादेशले कास्य पदक हात पा¥यो ।

पुरुष ८१ केजीमाथि नेपालका गणेश प्रधानले रजत जित्नुभयो । उहाँ फाइनलमा श्रीलङ्कासँग पराजित हुनुभयो । यस खेलमा भारतले कास्य पदक हात पा¥यो । त्यस्तै पुरुष ९१ केजीमाथि नेपालका आशिष दुवाडीले रजत पदक हात पार्नुभयो । उहाँ फाइनलमा भारतसँग पराजित हुनुभयो । यस स्पर्धामा श्रीलङ्काले कास्य जित्यो । 

आजै भएको महिला ६४ केजी तौल समूहमा नेपालकी पुनम रावलले रजत पदक हात पार्नुभयो । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले कास्य जित्यो । महिला ५७ केजीमा भारतले स्वर्ण र श्रीलङ्काले रजत जित्यो भने नेपालकी चन्द्रकला थापाले र पाकिस्तानले कास्य पदक हात पारे । 

प्रतिक्रिया दिनुहोस