भुटानविरुद्धको खेलमा नेपाल २-१ गोलले अगाडि

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, १६ : २७
भुटानविरुद्धको खेलमा नेपाल २-१ गोलले अगाडि

काठमाडौँ । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालले २-१ गोलको अग्रता लिएको छ ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो । नेपालका लागि दोस्रो गोल सुनील बलले गरेका हुन् ।

शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन ।
 

प्रतिक्रिया दिनुहोस