नेपाल र भूटानबीचको खेल पहिलो हाफ बराबरीमा

रासस

मंगलबार, २४ मंसिर २०७६, १६ : १६
नेपाल र भूटानबीचको खेल पहिलो हाफ बराबरीमा

काठमाडौँ । दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।  

शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । खेलमा नेपालले गोल गर्ने आकर्षक अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो हाफ केही बेरमा शुरु हुनेछ । (रासस)

प्रतिक्रिया दिनुहोस