चुनावी गतिविधि

समस्याको व्यवस्थापन गर्दै आर्थिक समृद्धिको बाटोमा हिँड्छौँ : अविनाश

शुक्रबार, ०१ मंसिर २०७४, ०६ : २९
समस्याको व्यवस्थापन गर्दै आर्थिक समृद्धिको बाटोमा हिँड्छौँ : अविनाश

चितवन । चितवन क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार घनश्याम दाहाल (अविनाश) ले आफ्नो निर्वाचन क्षेत्र नमुना बनाउने बताएका छन् । आर्थिक समृद्धि नै मुख्य लक्ष्य रहेकाले आगामी निर्वाचनमा विजयी भएर यस क्षेत्रको समृद्धिका लागि कुनै कसर बाँकी नराख्ने उनको प्रतिवद्धता छ ।

कालिका नगरपालिकाका विभिन्न स्थानमा चुनावी घरदैलोका क्रममा मतदातासँग मत माग्दै अविनाशले सबैतिर सडक विस्तार गर्ने र कृषिका विभिन्न कार्यक्रमहरु ल्याई स्थानीयको जीवनस्तरमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्थानीयस्तरमा देखिएका समस्याको व्यवस्थापन गरी आर्थिक समृद्धिको बाटोमा तीब्र गतिमा लम्कने वाचा मतदाताहरुमाझ गरे ।

बाढी, पहिरो, वन्यजन्तु, बाटोघाटो, पुनपुलेसा लगायतका समस्या यथासक्दो चाँडो समाधानमा मेरो ध्यान जानेछ, अविनाशले भने, उद्योगधन्दा सञ्चालन गरी बेरोजगार अन्त्यको प्रयास गर्नेछु ।


उनले यहाँका स्थानीयसँग धेरै नजिक रहेकाले र बाम गठबन्धनको साझा उम्मेदवार समेत भएकाले आफ्नो जीत निश्चित रहेको दाबी पनि गरे । सबै ठाम बामैबाम भन्ने नारा नै रहेको बताउँदै अविनाशले स्थायी सरकार र समृद्ध नेपालका लागि बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुसँग आग्रह गरेका थिए । गठबन्धनको संयुक्त टोलीले कालिका नगरपालिकाको प्राय सबै वडामा प्रचारप्रसार कार्यलय स्थापनापछि पहिलो चरणको घरदैलो अभियान सिध्याएको छ । शुक्रबारदेखि ईच्छाकामनामा घरदैलो सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस