Safal Khabar - साग : नेपालका दुई खेलाडी फाइनलमा
मङ्गलबार, ०६ फागुन २०७६ (Tuesday, 18 February, 2020)
साग : नेपालका दुई खेलाडी फाइनलमा
आइतबार, २२ मङि्सर २०७६, १६ : २०
साग : नेपालका दुई खेलाडी फाइनलमा

काठमाडौँ । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुग्नुभएको छ ।

    लगनखेलस्थित आर्मीको कभर्डहलमा आज भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुग्नुभएको हो । इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नुहुनेछ । 

    त्यस्तै पुरुषतर्फ सञ्जीत ७३ केजीमुनिको तौल समूहमा बङ्गलादेशका अमिरुल इस्लामलाई पराजित गर्दै फाइनलमा पुग्नुभएको हो । सन्जित अब स्वर्ण पदकका लागि श्रीलङ्काका चामरा नुवसँग भिड्नुहुनेछ ।  (रासस)

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस