दुर्घट्ना

(अपडेट) अटो दुर्घटना : ४ जना मृतकको सनाखत

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, ०६ : ४६
(अपडेट) अटो दुर्घटना : ४ जना मृतकको सनाखत

चितवन । चितवनमा अटो दुर्घट्ना हुँदा मृत्यु भएकाहरु ४ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा पर्वत कुस्मा नगरपालिका पिपलटारी घर भई चितवनको खैरहनी नगरपालिका ८ बस्ने ४९ वर्षीय स्याम प्रसाद तिवारी, खैरहनी ९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती ९ का २५ वर्षीय मीना खड्का रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
यस्तै राप्ती नगरपालिका ९ रसौलीका ३२ वर्षीय माया तामाङको परिचय खुलेको छ । अन्दाजी ४० वर्षीय एक महिलाको परिचय अझै खुलेको छैन । 

३ जनाको पुरानो मेडिकल कलेजमा र २ जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक पाँचै जनाको सव भरतपुर अस्पतालको सव गृहमा राखिएको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए ।  खैरहनी नगरपालिका ३ का २६ वर्षीय मणीराम गिरीको गम्भिर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । गिरी अटो चालक हुन । 

राप्ती नगरपालिका ४ चेपाङ मार्गको भित्री सडक खण्डमा चौकी डाँडातर्फ गइरहेको ना १ ह ६४०९ नम्बरको अटो सनिवार साँझ अनियन्त्रीत भई पल्टिदा अटोमा सवार ५ जनाको मृत्यु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस