सागमा कुन देशको कति पदक ? (तालिकासहित)

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, २१ : ४९
सागमा कुन देशको कति पदक ? (तालिकासहित)

काठमाडौँ । काठमाडौ, पोखरा र जनकपुरमा जारी १३ औंँ सागको बिहीबारसम्म आइपुग्दा भारतले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।

नेपालले जित्ने आशा गरिएका खेलहरु सकिएको र भारतको उत्कृष्ट प्रदर्शन हुने खेलहरु चल्दै गर्दा भारतले ६२ स्वर्ण पदक बनाउँदै अग्रता फराकिलो बनाएको हो । 

बिहीबार रातिको अन्तिम पदक तालिकाअनुसार भारतले नेपालले भन्दा २६ वटा बढी स्वर्ण पदक जितको छ । नेपालले ३६ स्वर्णमात्रै जितेको छ । 

भारतले ४१ रजत र २१ कांस्य जित्दै कूल पदक १२४ वटा पाएको छ । 

यस्तै नेपालले २७ रजत र ३८ कांस्य गरी कूल १०१ पदक जित्दै दोस्रो स्थानमा छ ।

 यता १७ स्वर्ण, ३५ रजत र ५५ कांस्य जितको पाकिस्तानको कूल पदक १०७ वटा रहेको छ  भने बंगलादेश र माल्दिभ्सले क्रमशः ४ र १ स्वर्ण जितेका छन् । यता भुटानले भने मात्र ६ कांस्य जितेको छ ।

प्रतिक्रिया दिनुहोस