नृत्य प्रतियोगिताको उपाधि ओम शान्ति एकेडेमीलाई

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, १९ : २२
नृत्य प्रतियोगिताको उपाधि ओम शान्ति एकेडेमीलाई

चितवन । लिटिल फलावर स्कुल भरतपुरले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा चितवन, नवलपरासी, रुपन्देही, गोर्खा तनहुँका गरी चालिस विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ओम शान्ति एकेडेमी भरतपुर विद्यालय प्रथम, एसओएस बालग्राम द्धितिय र बालकुमारी ई. स्कुल नारायणगढले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए । उनीहरुलाई क्रमश रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद, ट्रफि र प्रमाण्पत्र प्रदान गरिएको थियो । निर्णायकको रुपमा कलाकारहरु सुदिप राना, गोरे गुरुङ्, प्रोनिस उदाश लगाएत रहनु भएको थियो ।

पादर लोना केलेलिको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा गायीक तारा थापा, ध्रुमश सुन्तलि फाउण्डेनका अध्यक्ष सीताराम कट्टेल, विद्यालयका फादर रोवि क्यू लगाएतले बोल्नु भएको थियो । सो अवसरमा विद्यालयका तर्फबाट फाउण्डेशनलाई गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रु २ लाख सहयोग गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस