उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ दिने

एजेन्सी

विहीबार, १९ मंसिर २०७६, १५ : ३६
उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ दिने

एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ दिने चेतावनी दिएको छ । कोरियाली अधिकारीका अनुसार ‘उपहार’ के हुने भन्ने कुराको निर्धारण वाशिन्टन र प्योङयाङबीच जारी वार्ताले गर्नेछ । 
उत्तर कोरियाले यस अघि एकतर्फी रुपमा यही वर्षको अन्त्यसम्ममा आणविक वार्ता निष्कर्षमा पु¥याइसक्नुपर्ने समयसिमा तोकेको थियो । 
त्यो समयसीमा सकिनलाग्दा आएको उत्तर कोरियाको टिप्पणीलाई धेरैले सकारात्मक रुपमा लिएका छैनन् । 
दुई चरणको शिखर वार्ता सम्पन्न भएपछि पछिल्लो केही समयदेखि दुई पक्षबीच चिसो पसेको छ ।
केही विज्ञले उत्तर कोरियाको पछिल्लो चेतावनीलाई उसको लामो दुरीको मिसाइल परिक्षण पुनः सुचारु गर्ने संकेतका रुपमा लिएका छन् । 
उत्तर कोरियाको विदेश मन्त्रालयकी प्रथम उप–मन्त्री री थाई सङले देशको सरकारी समाचार एजेन्सीसँग कुराकानी गर्ने क्रममा अमेरिकाको नीति निर्माताहरुले आफ्नो राजनीतिक लाभको लागि मात्र किम जोङ उनसँगको वार्ता अघि बढाएको आरोप लगाए । 
‘अमेरिकाले अघि सारेको छलफल खासमा उत्तर कोरियालाई वार्तामा अल्झाइरहने र त्यस वापत अमेरिकाको चुनावमा फाइदा लिनेभन्दा बढी केही देखिदैन ,’ री थाई सङले भने । 
‘कस्तो ‘क्रिसमसको उपहार’ लिने भन्ने कुरा अमेरिकाको हातमा छ ,’ रीले भने । 
उत्तर कोरियाले आफ्नो पहिलो अन्तरमहादेशीय ब्यालेष्टिक मिसाइल(आईसीबीएम)को सफल परिक्षणलाई पनि ‘अमेरिकाको लागि उपहार’को संज्ञा दिएको थियो । उक्त प्रक्षेपणपछि दुई पक्षबीच महिनौं लामो तनावपूर्ण गतिरोध शुरु भएको थियो । 
हुनत उत्तर कोरियाले सन् २००६ मा पहिलो आणविक उपकरण विस्फोट गराएको थियो, तर सन् २०१७मा उसले अमेरिकी मुलभूमिसम्म नै पुग्नसक्ने सम्भावना भएको मिसाइल परिक्षण सफलतापूर्वक परिक्षण ग¥यो । 
त्यसपछि दशकौं लामो तनावपूर्ण अवस्थालाई तत्कालै शान्तीपूर्ण निष्कर्षमा पु¥याउनु पर्ने दवाव सिर्जना भएको थियो । प्रतिक्रियामा दुई देशका शिर्ष नेतृत्वबीचनै वार्ता सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस