अन्तर्राष्ट्रिय रेडक्रसको महासचिवमा चितवनका जगन

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, ०८ : ३१
अन्तर्राष्ट्रिय रेडक्रसको महासचिवमा चितवनका जगन

काठमाडौं । अन्तर्रािष्ट्रय रेडक्रसको कार्यकारी प्रमुखमा पहिलो पटक नेपाली चयन भएका छन् । चितवनका जगन चापागाई अन्तराष्ट्रिय रेडक्रसको कार्यकारी प्रमुख अर्थात महासचिव चयन भएका हुन् ।

यो तहमा अहिले सम्म कुनै पनि नेपाली पुगेका थिएनन । १ सय ९० मुलुकमा कार्यरत रेडक्रसको यो सबैभन्दा माथिल्लो निकाय हो । यसको कार्यकारीमा पुग्ने पनि जगन पहिलो नेपाली हुन् ।

चितवन स्थायी घर भएका जगन अन्तर्रािष्ट्रय रेडक्रसको कार्यकारी प्रमुखमा चयन भएपछि अहिले उनलाई बधाईको ओइरो लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस